आज:  | Tue, 03, Dec, 2024

बङ्गुरमा देखिएकोे‘स्वाइन फिभर’ले मर्न थाले,,खाँदै हुनु हुन्छ भने होसियार

१ मंसिर २०८१, शनिबार ११:२३ मा प्रकाशित ( २ हफ्ता अघि) ६६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १ मंसिर ।

हाल बङ्गुमा देखिएकोे ‘स्वाइन फिभर’महामारीले धमाधम मर्न थालेका छन् । यदी तपाईँ पनि बङ्गुरको सेकुवा खाँदै हुनसक्छ भने सतर्क रहन चिकित्सकको आग्रह रहेको छ। पशु विशेषज्ञले भनेका छन् ‘बंगुरको मासु खाँदैहुनुहुन्छ भने होसियार रहनु होस्। हाल काठमाडौंका धेरै बङ्गुर फार्ममा यस ‘स्वाइन फिभर’महामारीबाट धेरै बङ्गुरहरु मर्न थालिएको बताइएको छ ।

ललितपुर महानगरपालिकाका किसानीहरुले पालेका बङ्गुरमा ‘स्वाइन फिभर’ देखिएको छ । ललितपुरको २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्गुर÷सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । सो फार्मका धेरैवटा पशु मरेपछि परीक्षणका लागि पठाएको र रिर्पोट आउँदा स्वाइन फिभर देखिएको हो ।

ललितपुर महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा किसानले पालेका बङ्गुर र सुँगुरमा रोग फैलन नदिन उच्च सतर्कता अपनाउन समेत महानगरले अनुरोध गरेको छ । महानगर पशु सेवा शाखाका अनुसार नख्खु करिडोरको एक कृषि फर्ममा ६०–७० वटा बङ्गुर मरेपछि परीक्षणका लागि नमूना केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाएको थियो ।

‘गत हप्ता केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बङ्गुर र सुँगुरमा स्वाइन फिभर’ पुष्टि भएको हो,’ महानगरले जारी गरेको एक सूचनामा उल्लेख गरेको छ । साथै सोही परीक्षणका क्रममा मरेका बङ्गुरमा स्वाइन फिभर पुष्टि भएको शाखा प्रमुख राजेन्द्र विष्टले बताएका छन् ।

पशु सेवा विभागका अनुसार अफ्रिकन स्वाइन फिभर रोग सुँगुर, बङ्गुर तथा बँदेल जस्ता प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने एक महामारीको सरुवा रोग हो । तर यो रोग पशुबाट मानिसमा भने सर्दैन ।

पशु विभागका अनुसार सुँगुर, बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न सकिन्छ । बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न सम्पुर्ण किसानीलाई सुझाव दिएको छ । यसैगरी विभागले रोगको शंका लागेका पशुसंगै राखिएका अन्य पशुलाई छुट्ट्याएर अलग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउन अनुरोध गरेको छ ।

रोगले मरेका पशुलाई कतिपय व्यापारीले पैसाको लोभमा बंगुर काटेर मासु बेचेको खण्डमा खतरा हुन्छ । स्वाइन फिभर मान्छेमा रोग नसर्ने भएता पनि जनावरमा सर्ने जोखिम हुन्छ । अर्कोतिर मरेको बंगुरको मासु खाँदा मानिसको स्वस्थ्यलाई समस्या हुन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस