
काठमाडौं १० मंसिर ।
वैदेशिक रोजगारमा पठाईदिने र आकर्षक तलब पाईन्छ भनी प्रलोभनमा पारी रकम ठगी गर्नेलाई प्रहरी पक्राउ गरेको छ ।सो अभियोगमा पक्राउ पर्नेमा सोलुखुम्बु पासाङल्हामु गाउँपालिका(१ घर भई काठमाडौं टोखा नगरपालिका(६ बस्ने ५२ वर्षीय गिता बहादुर मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
गिता बहादुर मगरले कोरिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ९ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ परेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(१२ बाट पक्राउ गरेको हो । मगरमाथी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस