आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

भर्खरै दाङमा यात्रुवाहक बस दुर्घटना हुदा २२ जना घाइते

२०८१ मंसिर १४, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ५०७२ पटक पढिएको
नारी बाटिका


तुलसीपुर १४ मंसिर ।

आज दाङमा यात्रुवाहक बस दुर्घटना हुंदा २२ जना घाइते भएका छन्। आज (शुक्रवार) दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस आफै अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउँमा दुर्घटना हुँदा २२ जना घाइते भएको दाङ जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ।

सो दुर्घटनामा परी घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षीय चलमान बुढामगर‚ ३२ वर्षीय इन्द्रा थापा‚ ६३ वर्षीय नरबहादुर नेपाली‚ ५९ वर्षीया रमा परियार‚ ३६ वर्षीया नन्दकली वली‚ २९ वर्षीया आकृति पुन मगर छन्।

यसैगरी घाईते हुनेमा तुलसीपुर–१७ का १७ वर्षीया आँचल शर्मा, ३६ वर्षीय राधा केसी‚ ७९ वर्षीय दुर्गाबहादुर केसी, ७८ वर्षीया नमा केसी र ४६ वर्षीय नरबहादुर नेपाली रहेका छन्।

यस्तै घोराही– ५ का ५२ वर्षीय तिलविक्रम गिरी, घोराही– १७ का ४० वर्षीय गङ्गाराम पोख्रेल‚ घोराही– १५ का ५४ वर्षीय डबलबहादुर डाँगी‚ घोराही–११ का २५ वर्षीय माधव डाँगी र ६० वर्षीय रुद्रबहादुर कामी रहेका छन् ।

शान्तिनगर गाउँपालिका–६ का २४ वर्षीय नवीन वली‚ सल्यान शारदा नगरपालिका(१० का ३६ वर्षीय ढाकाराम कुँवर, बुटवल उपमहानगर–११ का २६ वर्षीय नवीन पराजुली, भारतीय नागरिक ३९ वर्षीय कल्याण जगम रहेका छन्। साथै सोही बसका सहचालक २२ वर्षीय सागर नेपाली पनि दुर्घटनाबाट घाइते रहेको प्रहरीले पुष्टि गरेको छ।

अहिले घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। बसका चालक घोराही–१० बस्ने २८ वर्षीय मनोज चौधरी भने फरार रहेका छन्। प्रहरीले चालकको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस