आज: २०८२ फागुन १०, आईतबार | Sun, 22, Feb, 2026

विभानस्थलबाट एक किलो सुनसहित चितवनका सुवेदी पक्राउ

२०८१ मंसिर १६, आईतबार मा प्रकाशित ( १ साल अघि) ५९८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ मंसिर ।

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनु भयो।

केन्द्रीय प्रहरी प्रवक्ता कार्कीका अनुसार शनिबार एक किलो एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

दुबई हुँदै एयर अरेबियाको फ्लाइटबाट नेपाल आएका सुवेदीले रबर जस्तो प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ।

हाल सुवेदीलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस