
बिबियु,नारी वाटिका डटकम
धादिङ -१९ भदौ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा परेको ठुलो धनजनको क्षतिको मुख्य गणना नै यकिन हुन बाँकी ने छ । साथै यस दुखद घडिमा बाँचेका सम्भावना रहेकाहरुको सकुशल उद्धार र मृत भेटिएका हजारौं शव व्यवस्थापनमा यति बेला देश विदेशको पुरै शक्ति लागिरहेको अवस्था छ ।
तर प्राकृतिकको नियम हो मौसम वदली भई फेरि भारी वर्षाको सम्भावना देखिएकोले आज जल तथा मौसम विज्ञान विभागले अहिले दिउँसो विशेषगरी रसुवाको पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार रसुवाको पहाडी भू–भागमा अहिले दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षा हुन सक्ने जनाएकी छिन्।
‘यस्तै आज देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायु न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ । अहिले देशभर सामान्यतया बदली भइ वागमति प्रदेशको पहाडी क्षेत्र लगायत कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
साथै लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने,कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग,का पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।
यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही हिमाली,पहाडी भू–भागका केही स्थानमा मेघगर्जन,चट्याङ, मध्यम वर्षा तथा हिमपात हुनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान, मधेसका एक–दुई स्थानमा मध्यम वर्षा हुने छ ।
विभागका अनुसार आजदेखी आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनः वर्षा हुने पूर्वानुमान गरिएकोले स्थानीय प्रशासन तथा उद्धार र राहतमा संलग्न टोलिलाई थप सतर्कता अपनाउनु पर्ने देखिएको छ ।












प्रतिक्रिया दिनुहोस