
बिबियु,नारी वाटीका डट्कम
धादिङ -१८ भदौ ।
आगामी भदौ २२ गते बागमती प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।
चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वमा सबैलाई चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिएको आज जारी सुचना मार्फत जानकारी दिएको हो।
बिहिबार बागमति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचना मार्फत उक्त तीन जिल्लामा बिदा दिइएको जनाएको छ।
तर सरकारले जनतालाई आफ्नो भोट बैंकको रुपमा मतदातालाई यो या त्थो वहानामा खुशी पार्न दिईने गरेका जातिय -दिवशीय सार्वजनिक विदाको नागरिक तहमा भने खासै उपलव्धी देखिन्न।
आफ्नो भोट बैंकको रुपमा प्रयोग गरी विभिन्न बहाना बनाउँदै यसरी हरेक जातीय दिवस र नाउँमा दिईने सार्वजकि विदाले नागरिक स्तरमा भने निकै आलोचना हुने गरेको छ ।
यससँगै भदौ १९ गतेदेखी भदौ २२ सम्म लगातार चार दिन बिदा हुने भएकोले दैनिक श्रम र ज्याला गरी खाने मजदुरुहरु,साना व्यवशायीहरु,दैनिक रुपमा दही,दुध,तरकारी लगायत बिक्री गरेर जिवन चलाउने नागरिकका लागी लगातारको लामो विदाले होटल व्यवशाय नचलेपछी सामान पनि बिक्री नहुने कुहिएर जाने गुनासो गर्दछन् ।
यसरी बिना चाडपर्व लामो , सार्वजनिक विदा हुदा खुशी हुने भनेको तलवी सेवा सुविधाका कर्मचारीहरु मात्रै हुन् किनकी उनीहरुलाई जति दिन विदा भएर पनि केही फरक पर्दैन बसेरै सुविधा पाकी रहन्छ ।
।
धादिङको निलकण्ठ नगरपालिकाले भदौ १८ गते बिहिबार सार्वजनिक विदा दिएको छ । तर नगरपालिकाले यो बिदा दिनु सान्धर्भिक पनि थियो “,।
किनकी ‘गत भदौ १० गते धादिङबाट गोसाईँकुण्डको दर्शनका लागी गएका गाडी चालक(सवारी धनी)सहित २९ जनाले रसुवाको बिनाशकारी बाढीका कारण ज्यान गुमाउने आफना नगरवाशीहरुको शोकमा दिएको आज (बहिबार)को नगर स्तरीय सार्वजनिक बिदा हो । जुन बिदा आज शोक बिदा दिनु आवश्यक नै थियो ।
तर भोली शुक्रबार कृष्ण जन्माष्ठमीको बिदाका कारण देशैभर लगातार तीन दिन बिदा परेको थियो भने निलकण्ठ नगरपालिकाको हिसाबले आजदेखी लगातार पाँचदिन बिदा हुने भएको हो ।












प्रतिक्रिया दिनुहोस