आज: २०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

२०८१ मंसिर १७, सोमबार मा प्रकाशित ( १ साल अघि) ४९३६ पटक पढिएको
नारी बाटिका


दैलेख १७ मसिर ।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्।

शाहीले कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई ४५२ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। शाहीलाई कुल ३ हजार १२७ मत प्राप्त गरे भने भण्डारीले २ हजार ६७५ मत ल्याए। यस्तै माओवादीका जंगबहादुर बहादुर बरालले ८४२ मत ल्पाए। रास्वपाका प्रकाश बुढाले ११२ मत पाए।

यस पालिकामा १२ हजार ६१४ मतदाता रहेकामा ६ हजार ९८९ मत खसको थियो । यसअघि यो पालिकामा कांग्रेसका लक्षुमन गुरुङ निर्वाचित भएका थिए।यसैगरी दैलेखककै दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस