आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

पैदलयात्रुलाई गाडीले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु

२०८१ मंसिर २२, शनिबार मा प्रकाशित ( १ साल अघि) ७९३९ पटक पढिएको
नारी बाटिका


चितवन २२ मंसिर।

चितवनमा गएराति गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।

सुक्रबार राति ११ बजेतिर हेटौँडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका( १ स्थित पिप्लेमा ठक्कर दिँदा राप्ती(२ का २८ वर्षीय सन्दीप रुवालीको मृत्यु भएको हो।

भ्यानको ठक्करबाट रुवाली गम्भीर घाइते भएपछी उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। शन्दीपलाई चिकित्सकले राति सवा १२ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस