
काठमाडौं ३ पुस ।
करिव महिना दिनदेखी जारी नेपाल प्रिमियर लिगको नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कार राशी घोषणा गरेको छ ।
जस अनुसार पहिलो विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउने छन् । त्यसैगरी उपविजेता टोलिले ५१ लाख रुपैयाँ पाउने छन् भने तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँको सान्तोना पुरस्कार पनि पाउने छन् ।
एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स लक्षमा पुगेका छन् । आज (बुधबार) एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै छन् ।













प्रतिक्रिया दिनुहोस