
रोल्पा १२ पुस।
रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। बिहीबार विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुससहित रंगेहात पक्राउ गरेको थियो। सोही अनुसार उनलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग राखी अख्तियारले मुद्धा दायर गरेको छ।












प्रतिक्रिया दिनुहोस