आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

पछिल्लो समयमा भुकम्पको धक्का बढ्दो, मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प

२०८१ पौष १९, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १३७०३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९ पुस ।

पछिल्लो समयमा भुकम्प जाने क्रम लगातार भैईरहेको छ । मुगुमा ४.४ रिक्टर स्केल भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट समयको आसपासमा उक्त भुकम्प जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मापन केन्द्रका अनुसार हिजो (बिहीवार)अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको भूकम्प गएको थियो। यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑