
बिबियु,नारी वाटीका डट्कम
धादिङैं -१२ असोज ।
धादिङको गजुरी गाउँपालिका २ चालिसे र सोही पालिका ५ बाङ्गेमोडमा ढुंगासहितको खसेको पहिरो हटाउन निरन्तर प्रयास भइरहेको छ।
लगातारको वर्षाले उक्त स्थानमा ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ । यसैगरी,पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन पहिरो पन्छाउने कार्य तिब्र रुपमा गरिएको हो ।
कृष्णभिर लगायतका सडकका दर्जनौ ठाउँमा पहिरो खस्नुका साथै बाढीले केही स्थानका सडक कटान गरी डाइभर्सन समेत बगाएपछि धादिङ जिल्ला अन्तर्गत लगायतका स्थानमा सवारी सञ्चालनमा समस्या भएको हो ।
तर कृष्णभिरमा खसेको पहिरो हटाएपछि शनिबारदेखी नै एकतर्फी रूपमा भएपनि सवारी चलाउन सकिने अवस्था बनेको छ । तर यता गजुरीको चालिसे र बाङ्गेमोडमा खसेको ठुलो पहिरो भने पूर्ण रूपमा हटाउन बाँकी रहेकाले उक्त सडकखण्डमा तत्काल यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको सडक विभागले जनाएको छ ।
यस्त,ै सोही ठाउँको पहिरो हटाउने कार्य भैइरहेतापनि थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने अझै जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी, अविरल वर्षाका कारण उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित हाल देशका सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा ठप्पै छ।
नेपालीको ठुला र महत्वपुर्ण चाडपर्व सुरु भएको अवस्थामा देशका मुख्य राजमार्गहरुका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायको टोलीले सडक खुलाउने प्रयास भइरहेको छ।
तर सडक अवरुद्धको मौका छोपी बजारमा तरकारी,फलफुल तथा खाद्यान्नको भाउ भने आकाशीयको अवस्था छ।
यतिबेला तेल,चिनी,खाद्यान्नका सामग्रीहरुको भाउ बढेर छोई नसक्नु भएको छ भने यसअघि प्रति केजी ५५ रुपयाँ पर्ने प्याजलाई अहिले १२० रुपयाँ पुगेको छ ।
तर यसरी एकैपटक बजारमा तरकारी,फलफुल लगायतको सर्वसाधरणले दैनिक रुपमा उपभोग गर्नै पर्ने सामानको मुल्य बड्दा सम्वन्धित नियामक निकाय मौन अवस्थामा देखिन्छ ।












प्रतिक्रिया दिनुहोस