
बिबियु,नारी वाटिका डट्कम
धादिङ – १२ असोज।
कांग्रेस नेता किशोरसिंह राठोरले आगामी १५ औं केन्द्रीय महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
हाल संस्थापन काँग्रेसको संन्चालन भईरहेको क्षेत्र,जिल्ला र प्रदेशको अधिवेशन सकिएपछी यसै असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुन गइरहेको महाधिवेशनका लागि नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका नेता राठोरले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनी नेपाली काँग्रेस देउवा समुहका पूर्वसहमहामन्त्री हुन् । राठोरद्वारा हालै भैइरहेको नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछी फेरी काँग्रेसमा नयाँ तरंग छाएको छ ।
राठोरका अनुसार सभापतिको उम्मेदवारीका लागि अहिल्यै विशेष तयारी आवश्यक नरहेको र समय आएपछि सोही अनुसार अघि बढ्ने उनको बताएका छन् । २०७८ को १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका राठोरले प्यानल बनाएर चुनाव लड्ने वा नलड्ने विषयमा पनि निर्णय नभएको बताए ।
हालका सभापति गगन थापा पुनः सभापतिमै उठ्ने तयारीमा रहेका बेला राठोरले आफुले सभापति पदका लागी उप्पेद्वारी दिने धारणा सार्वजनिक गरेसंगै राठोरको यतिबेला पार्टीभित्र विभिन्न कोणबाट चर्चा सुरु भएको हो ।












प्रतिक्रिया दिनुहोस