
नारी वाटिका डट्कम
झापा -१३ असोज।
झापा बिर्तामोड नगरपालिका–५ मा एक युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्कीएर आगो लगाउन लागिएको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५ स्थित इलाम स्टेनस्थित मिठाई पसलमा काम गर्ने ४२ वर्षीय दिलिप चन्द्र राय रहेको प्रहरीले जनाएको छ।
गएराति अ. १०ः३० बजे ति पुरुषले मादक पदार्थ सेवन गरी पेट्रोलसहित इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड–५ मा डेरा गरी बस्ने २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरी युवतीको हात,खुट्टा र घाँटीमा बाँधेर पेट्रोल छर्की आगो लगाउन लागेको समयमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार रायले तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँध्नुका साथै शरीरमा पेट्रोल छर्केर आगो लगाउन लाग्दा प्रहरीलाई खबर गरी तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको थियो।
साथै घटनामा रविना मगर घाइते भएकी छिन् भने उपचारका लागि उनलाई मनमोहन अस्पताल, बिर्तामोड लगिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भारतीय नागरकमाथि घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस