
नारी बाटिका
काठमाडौं ३ माघ ।
बिहीबारको मौसममा केही फेर बदल हुंदा आज देशका केही भागमा वर्षा र हिमपातको सम्भावना छ। हाल देशमा नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना देखिएको हो।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ। त्यसै कारण बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।
जस अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ साथै यो प्रणालीले प्रभाव पार्ने छैन। काठमाडौंमा अहिले मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना छैन।
साथै आज रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहे पनि शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस