
नारी बाटिका
नारी वाटिका डट्कम
धादिङ -१५ असार ।
प्रतिनिसिभाको आइतबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्तावमा स्वीकृत भएको छ।
आईतबार बसेको प्रतिनिसिभाको बैठकबाट सरकारले सत्तारुढ दलका संसद्हरुको पक्षले मात्रै पास गरिएको यस सहकारी (पहिलो संशोधन) स्वीकृत विधेयकमा के के कुरा समावेश गरिएको छ भन्नेमा सो को पुर्ण पाठ भने सार्वजनिक हुन बाँकी छ ।
वर्तमान सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्नको लागी यस विधेयकमा सैद्धान्तिक छलफल गरी स्वीकृत गरिएको हो। उक्त विधेयकमाथि केही संशोधन गर्न चाहने सांसदहरुले सङ्घीय संसद्को विधेयक शाखामा प्रस्ताव पेस गर्न पनि आग्रह गरिएको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन्। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउँन सरकारले सहकारीबाट पीडितको रकम फिर्ता गराउन विधेयक ल्याइएको बताईन् ।
मन्त्री रावलका अनुसार सहकारी समस्यालाई वास्तवमै समाधान गर्न सरकार कटिबद्ध रहेको र विगतका सरकारले चक्रीय राहत कोष खडा गरिएको जानकारी दिईन्।
छलफलमा विपक्ष दलका सांसदहरूले सहकारीलाई आर्थिक रूपान्तरणको खम्बाका रूपमा स्थापित गर्दै यसलाई व्यवस्थित र पारदर्शी गर्नुपर्ने बताएका छन्।
साथै सहकारी ठगीमा परेर दैनिक गुजारामा चल्नुपर्ने व्यक्तिहरू मारमा परिरहेका सन्दर्भमा पीडितहरूलाई राहत र क्षतिपूर्ति दिन कानुनी संशोधन आवश्यक भएकोमा जोड दिए ।
यस्तै सांसदहरूले सहकारी ठगी गर्ने जोसुकैलाई कानुनी कारबाही गर्न खुट्टा नकमाउन पनि सरकारलाई आग्रह गरेका छन् भने सरकारले चलिरहेको संसद् स्थगन गरी अध्यादेशबाट विधेयक ल्याउने प्रवृत्तिको आपत्ति जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस