आज: २०८३ अषाढ १५, सोमबार | Mon, 29, Jun, 2026

आज असार १५ गते दही चिउरा खाएर देशभर पन्ध्र असार मनाईँदैछ

२०८३ अषाढ १५, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका डट्कम
धादिङ -१५ असार ।

असार १५, गते आज,दही चिउरा खाएर देशभर असार पन्ध्रलाई मनाईएदैछ ।

त्यस्तै आज राष्ट्रिय धान दिवस पनि हो । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन घोषणा गरेसंगै हरेक वर्ष किसानीले आफ्ना खेतमा धान रोपेर यस दिवशलाई मनाउँदै आएको छ। सरकारले किसानका खेतमा गई आजको दिन रोपाइँ महोत्सव पनि मनाउँने गरेको छ ।

विशेषगरी कृषकहरुले आज खेतमा काम गरी दही चिउरा खाएर मनाउने गर्दछन् । वर्षायाम झरीमा रुझेर कामको चटारोमा थकित भएका किसानहरु शक्ति प्राप्तिका लागि दही चिउरा,केरालगायतका फलफुल खाएर मनाईने गरिन्छ । साथै तातोले शरिर थाकेका समय अर्थाथ खेतबारीमा काम गरेर थकान भएका समयमा दही चिउराले शरीरमा शीतलता भई शक्ति प्रदान गर्ने विश्वास गरिन्छ ।

त्यसैले असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिईने गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपाली समाजमा पनि आज दही चिउरा खाई असार १५ मनाउँदै आएका छन् । हिन्दु धर्म संस्कृतिमा दहीको महत्त्व विशेष छ । किनकी कुनै पनि शुभकार्य गर्दा होस् या घरबाहिर निस्कने तथा टाढाको यात्रा गर्दा विशेष गरी दही खुवायर शुभ साईत गरिन्छ ।

त्यस्तै कुनै व्यापार व्यवशाय तथा महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा घर बाहिर साईत गर्नुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने र जे सोचेर यात्रा गरिन्छ त्यो कार्यले सफलता पाउने जनविश्वास रहि आएको छ ।

अर्को तर्फ दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । नेपालको एकीकरण गर्दा गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई सपनामा दही खान दिएर पराक्रमी हुने भविष्यवाणीसहित आशिर्वाद दिनु भएको र त्यही वरदान पाएर राजा पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्न सक्नु भएको भन्ने विभिन्न शिक्षाको कोर्षहरुमा उल्लेख गरिएको छ ।

यसका साथै आयुर्वेदमा स्वास्थ्यको दुष्टीकोणले पनि भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा खाना पचाउने तथा स्वास्थ्य रहने बताइएको छ । ुभोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्ु भन्ने जस्ता वाक्यहरु पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

साथै आज राष्ट्रीय धान दिवस पनि भएकाले सम्पुर्ण किसान र कृर्षी पेशाको मेहनत, प्रकृतिक आशीर्वाद र समृद्ध नेपालको आधारलाई सम्मान गर्दै सम्पुर्ण नेपालीमा हाम्रो पनि हार्दिक शुभकाना

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस