
नारी बाटिका
बिवियु,नारी वाटिका डट्कम
धादिङ १५ असार ।
आज असार पन्ध्रको विशेष दिनका रुपमा धान दिवश मनाउँन केन्द्रीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकारलाई भ्याई नभ्याई छ ।
विशेषगरी खेत राप्नलाई भने किसानीलाई पानीकै आवश्यकता परेको छ । यद्यपि आज राष्ट्रीय धान दिवसका दिन दिउँसो र राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका धेरै स्थानहरू तथा देशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग महाशाखाका अनुसार आज आज कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशको एक(दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस वर्ष खासै वर्षा भएको छैन । जसले गर्दा असार महिना लागैसंगै किसानहरुलाई पानी नभएर खेत रोप्नै पिरलो छ । विशेषगरी कृर्षी पेशामा निर्भर किसाहरुलाई असारमा मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समय भएपनि हाल देशभरमा किसानहरूलाई आवश्यक पर्ने प्रयाप्त पानी नहुदा चिन्तित छन् । देशका केही स्थानमा भने पानी परी नै रहेको छ ।
वर्षाद भएका क्षेत्रका किसानहरु यतिबेला खेतका गरामा व्यस्त देखिन्छन् । वर्षाको अभाव र किसानको चिन्ताले देशका धेरै स्थानमा खेत रोपाईँ बाँकी नै रहेको छ । यस वर्ष असारको पन्ध्र भइसक्दा पनि देशका धेरैजसो भूभागमा पर्याप्त मात्रामा मनसुनी वर्षा हुन नसकेका कारण अपेक्षित रूपमा रोपाइँ हुन सकेको छैन। कतिपय किसानले आकाशे पानीको भरमा खेत रोप्नु पर्ने बाध्यता छ भने कतिपय क्षेत्रका किसानहरू खेत बाँझै राख्नुपर्ने अवस्मथा आएको बताउँछन् ।
कृषि मन्त्रालयका अनुसार यो समयसम्म देशभर करिब २५ देखि ३० प्रतिशत मात्र रोपाइँ भएको छ। अर्को तर्फ, किसानहरूले समयमा रासायनिक मल पाउँन नसक्दा मलको पनि त्यतिकै समस्या रही आएको छ । कृर्षी मन्त्रालयले भने सरकारी गोदामहरूमा पर्याप्त मात्रामा मलको मौज्दात रहेको र वितरण प्रणाली सुदृढ बनाउँन लगिएको दाबी गरेको छ।
असार महिना रोपाइँको यो चटारोबीच केही वर्षा हुने सम्भावना रहेकोले किसानका लागि केही राहत मिल्ने देखिएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू(भाग, गण्डकी प्रदेशको केही भू(भाग र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ।
साथै देशका अन्य बाँकी रहेका गण्डकी र लुम्बिनीका भू(भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा आगामी २।३ दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। समयमै मनसुन सक्रिय भई रोपाइँ सकिएमा मात्र नेपालमा चामलको आत्मनिर्भर बन्न सकिने भएकोले राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने देखिन्छ।








प्रतिक्रिया दिनुहोस