
नारी बाटिका
काठमाडौँ, २९ माघ ।
सुनको मूल्यमा भारी रुपमा बढ्दा, चाँदीको मूल्यमा भने गिरावट आएको छ ।
अन्तर्राष्ट्रीय रुपमा हुने डलरको रेट अनुसार नेपाली बजारमा प्रभाव पार्ने सुन चाँदीको कारोबारमा पछिल्लो केही दिनदेखी भारी रुपमा सुनको मुल्य बढीरहेको छ । जस अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू छ सयले बढेको हो ।
सोमबार प्रतितोला रू एक लाख ६९ हजारमा कारोबार भएको थियो भने आज सुनको मुल्य बढेर प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तर चाँदीको मूल्यमा भने गिरावट आएर प्रतितोला रू ३० घटेको हो । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ ले कारोबार गरिएको छ ।








प्रतिक्रिया दिनुहोस