
काठमाडौं ८ चैत ।
परराष्ट्रमन्त्री आरजु राणा करिव १२ दिने लामो भारत भ्रमण सकेर अपराह्न आज स्वदेश फर्किनु भएको छ ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको जनाउनु भयो । वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नै नमागेकाले भेट हुन नसकेको जानकारी दिनु भयो।
मन्त्री राणाले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएकी छिन् । ‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशय देखिएन । यही डेम्रोक्याटिक सिस्टमलाई अगाडी जानु पर्छ भन्ने नै पाएको बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस