आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

अहिले चट्याङसहित केही स्थानमा वर्षा जारी साथै केही प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ बैशाख ६, शनिबार मा प्रकाशित ( १0 महिना अघि) ७१६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ वैशाख ।

आज कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ। स्थानीय तथा पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली भइरहेको छ।

मौसम पूर्वानुभान महाशाखाले दिएको जानकारी अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। आज कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका अनुसार छ। उच्च केही पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस