
काठमाडौँ १७ वैशाख।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्च अदालतका अधिकृत नै आफै पक्राउ परेका छन् ।
प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा सहभागी भइरहेको बेला जनमत पार्टीसँग एकीकरण गर्नका लागि उनको पक्राउको पत्र काटने सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएकोे छ। विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस