
नारी बाटिका
काठमाडौँ २५ जेठ ।
केही समयदेखी भिजिट भिासा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनै पर्ने अडान राख्दै आएका विपक्षी दलहरु आज सत्तापक्षसंग सहमतिको नजिक पुगेका छन् ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा दिनै पर्ने र उच्चस्तरीय छानबिन समितिसमेत बनाउनु पर्ने भन्दै लगातार विपक्षी दलहरूले संसद् अवरोध पार्दै आएका छन् ।
विपक्षी दल र सत्तापक्षबिचमा आइतबार भएको दिनभरको छलफलबाट केही हदसम्म सहमति नजिक पुगिएको नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले संसद् भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै आफ्नो पार्टी सुरुदेखि नै गृहमन्त्रीको राजीनामा माग्ने पक्षमा नरहेको उल्लेख गर्दै अहिले अरु विपक्षी पनि त्यहि बिन्दुमा आएको बताए । यद्यपि छानबिन समिति भने बनाउने विषयमा सत्तापक्ष पनि लचक भएको बताए ।








प्रतिक्रिया दिनुहोस