
काठमाडौँ ३१ जेठ ।
सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्का सदस्यको संसदीय सुनुवाइ आजबाट शुरु हुँदैछ। यसका लागि संसदीय सुनुवाइ समितिको बैठक अहिले दिउँसो २ बजे बस्नेछ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ।
यसैगरी वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद्को सदस्यमा सिफारिस गरिएको छ।












प्रतिक्रिया दिनुहोस