आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

एकता गर्दै अघिबढ्ने प्रतिबद्धतासहित महाधिवेशन मंसिरभित्रै हुनु पर्छ,डा.कोइराला

२०८२ अषाढ १५, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ८३७१ पटक पढिएको
नारी बाटिका


चितवन- १५ असार ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३को मंसिरभित्रै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ।

आज चितवनमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पदाधिकारीहरूमा महाधिवेशनप्रति आवश्यक तदारुकता नदेखिएको जनाउँदै कार्यकर्तामा मिति सारिने चिन्ता देखिएको बताउनु भएको हो ।

वरिष्ट नेता डा.कोइरालाले महामन्त्री गगन थापा र आफू एकै ठाउँमा रहेको उल्लेख गर्दै पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न सक्ने क्षमताका साथ तयार रहेको बताउनु भयो।

सोही क्रममा उहाँले संसद्‌को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलबीच संवाद आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो । साथै, उहाँले रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा होइन, पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठनको चाहना राखेको बुझाइ व्यक्त गर्नु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस