
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२६ असार ।
नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न भई गत निर्बाचनमा आफ्नै पार्टीका उम्मेद्वारलाई ( अन्तरघात) नसघाएको आरोपमा डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।
२०७९ सालको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध कार्य गरेको, सामाजिक सञ्जाल र अन्य माध्यमबाट असहयोग गरेको प्रमाणको आधारमा केन्द्रीय अनुशासन समितिले पाँच जनालाई निष्कासन र अन्यलाई निलम्बन गरेको हो।
यसरी कारबाहीमा पर्नेहरुमा तेह्रथुमका तुलसी सुब्बा, कास्कीका कुमार खड्का, लुम्बिनीका विक्रम खनाल,खोटाङका विष्णुकुमार राई र पर्साका अरविन्द गुप्तालाई निष्कासन गरिएको छ। अन्य नेता तथा कार्यकर्तालाई ३ देखि ६ महिनासम्म निलम्बन गरिएको हो।
साथै पार्टी रहेर,पार्टीको विभिन्न पदमा बसेर आफ्नै पार्टीविरुद्धका गतिविधि गर्नेहरुमा कांग्रेस विधानको धारा ३४ अनुसार कारबाही गरिएको हो।









प्रतिक्रिया दिनुहोस