
नारी बाटिका संवाददाता
धादिङ् १-४ साउन ।
नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित हुनु भएको छ । बुधबार प्रदेशको राजधानी हेटौडामा भएको निर्वाचनबाट उहाँ दलको नेतामा निर्वाचित हुनु भएको हो।
प्रदेशसभा कांग्रेसबाट निर्वाचित ३७ सदस्यहरु मध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको थियो । खसेको मतमध्य एक मत बदर भएको छ । यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको मत बहुमतले पारित भएको थियो ।












प्रतिक्रिया दिनुहोस