
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -२० साउन ।
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गर्नु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीका लागी कांग्रेस र एमालेको गठबन्धन अनुसार सरकार बनाउन दाबी गरिएको हो । ११० सदस्य रहेको बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यी दुई दलको गठबन्धनले स्पष्ट बहुमत पुगेको छ ।
बानियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी पेश गरेका हुन् । यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद मुख्यमन्त्री हुने व्यवस्था रहेको छ ।
यसअघि वागमतिका मुख्यमन्त्री भएर पनि कांग्रेसभित्रकै आन्तरिक किचलोले बहादुरसिंह लामाले संसदीय दलको विश्वास गुमाउन पर्यो । उनीविरुद्धको संसदीय दलको नेतामा अविश्वासको प्रस्ताव पारित भएको थियो । त्यसपछि नयाँ संसदीय दल नेताको चुनावमा पनि उनलाई पराजित गराईयो । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले लामालाई राजीनामा दिन सुझाव दिनु भएको थियो ।
लामा संसदीय दलको नेताबाट पराजित भएसंगै बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने पक्का भईसकेको छ ।शोमबार नै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । सोही अनुरुप एमालेको समर्थनमा बानियाँले दावी पेश गरिसक्नु भएको छ ।









प्रतिक्रिया दिनुहोस