
नारी वाटिका संवाददाता
काठमाडौं- २८ साउन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री कायम गर्न माग राखी मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।
पार्टीबाट निष्कासन भएपछी ढकालले निर्वाचन आयोगमा रास्वपाको केन्द्रीय समिति अद्यावधिक नभएको पाएपछि सर्वोच्च अदालतमा महामन्त्री कायम गरिदिन भन्दै रिट दायर गरेका थिए ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गरि दिएपछी उनी अब रास्वपाको महामन्त्री कायम हुने कानुनी बाटो टुंगिएको हो ।












प्रतिक्रिया दिनुहोस