
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं १२ भदौ ।
मनाङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा(२ तथा दिपक मनाङेको क्षेत्रमा उपनिर्वाचनको मिति तोकिएको छ ।
शुक्रबारको निर्वाचन आयोगको बैठकले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो ।
२०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेशसभा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ निर्वाचित भएका थिए ।
हालै उनीमाथी ज्यान मार्ने उद्योगमा मनाङेलाई सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न अयोग्य ठहर गरेपछी उनको सो पद गएको थियो ।
मनाङेको क्षेत्रमा हुन गैरहेको उक्त उपनिर्वाचनका लागि भदौ २५ मा अद्यावधिक भई प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग गर्ने निर्णय समेत निर्बाचन आयोगले गरेको छ ।
यसैगरी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं.३ मा पनि प्रतिनिधिसभाको उपचुनाव हुने भएको छ ।









प्रतिक्रिया दिनुहोस