
नारी बाटिका संवाददाता
धादिङ ६ असोज ।
राजनीतिज्ञ एवम समाजसेवी शोभित उप्रेतीले बडादशैंसँगै मुलुक परिवर्तनको मार्गमा प्रवेश गरेको बताउनु भएको छ ।
बडादशैंको उपलक्ष्यमा शुभकामना दिनुहुंदै उप्रेतीले यो वर्षको दशै शुरु हुन अगाडि देशले होनाहार युवाहरु गुमाउनु परेको उल्लेख गर्दै नयाँ सरकारको औचित्य पनि समाप्त भएको बताउनु भएको छ ।
युवाहरुको रगतको बलमा वनेको सरकार पूर्ण रुपले नवन्दै यसको औचित्य समस्प्त भएकाले देश चाडै नयाँ परिवर्तनको मार्गमा प्रवेश गर्ने उहाँको दाबी छ । नयाँ परिवर्तनले मुलुकको संकट अन्त्य भइ जनताका ईच्छा पूरा हुने समेत उहाँको विश्वास छ ।












प्रतिक्रिया दिनुहोस