आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

जिप दुर्घटनामा परी ३को मृत्यु, ६ जना घाइते

२०८२ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( १ दिन अघि) १५८२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सोलुखुम्बुैं -७ कार्तिक ।

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ अन्दाजी साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो।

जीप माप्य दूधकोशी गाउँपालिका ६ र ७ को सिमानास्थित भिरकुना भन्ने स्थानमा दुर्घटना भएको थियो । उक्त बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सो दुर्घटनामा परी ६ जना घाइते भएका छन्। खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिनका लागी माप्य भन्ने स्थानमा गएको गाडी उताबाट यात्रु लिएर फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्।

दुर्गम स्थान त्यसमाथी पनि रातिको घटना भएकाले दुर्घटनामा परेकाहरुको पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाइतेहरूको उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस