आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका

२०८२ कार्तिक ८, शनिबार मा प्रकाशित ( ४ महिना अघि) ५३३३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

मोरङ- ८ कार्तिक ।

मोरङमा दुई सातादेखि बेपत्ता भएकी १३ वर्षीया बालिका मृत भेटिएकी छिन् ।

लेटाङ नगरपालिका–२ स्कुल चौककी अंशु गौतमको शव शुक्रबार दिउँसो करिब साढे १ बजे बेलबारी–चिसाङ साझेदारी वनभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सोही जंगलभित्र बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार बालिकाको शव टाउको र शरीर छुट्टाछुट्टै सडेको अवस्थामा भेटिएको छ। बालिकाले लगाएका कपडा र चप्पल पनि फरक–फरक ठाउँमा भेटिएका थिए, र भित्री वस्त्र खोलिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

घाँस काट्न गएका स्थानीयले शव सडेर दुर्गन्ध फैलिएको पाइएपछि प्रहरीलाई खबर गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस