आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

ढल्कुबाट पेस्तोलसहित दुई जना पक्राउ

२०८२ कार्तिक १३, बिहिबार मा प्रकाशित ( ४ महिना अघि) ४४३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१३ कार्तिक ।

काठमाडौं महानगरपालिका–१८ ढल्कुबाट प्रहरीले म्याग्जिन १ थान पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ बस्ने २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले मंगलबार राति पक्राउ गरेको हो। उनीहरू विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस