आज: २०८२ कार्तिक १७, सोमबार | Mon, 03, Nov, 2025

ट्याक्टर दुर्घटना हुंदा चालकसहित दुईको मृत्यु, चार घाइते

२०८२ कार्तिक १५, शनिबार मा प्रकाशित ( १ दिन अघि) १८९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
भोजपुर -१५ कार्तिक ।

भोजपुरमा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालकसहित दुई जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य चारजना समेत घाइते भएका छन्।

चाम्लादाङबाट दिङ्लातर्फ जाँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठले लोड भएको ट्याकटर दुर्घटनामा पर्दा दुई जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाका अनुसार दुर्घटनामा घाइते हुनेमा ऐ.ऐं स्थानका १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ रहेका छन्।

अहिले घाईतेहरुको दिङ्ला नगर अपस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस