आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

उपत्यकाकामा दिनडाहडै तीन घरबाट नगद र धनमाल चोरी

२०८२ कार्तिक २१, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) २२०२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२१ कार्तिक ।

काठमाडौं उपत्यकाकामा दिउँसै तीन घरबाट करिब ५३ लाख रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी भएको छ।

बुधबार चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित यादब प्रसाद पन्थीको घरबाट सुन,चाँदीका गरगहना लगायत करिब २६ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।

त्यसैगरी कीर्तिपुर नगरपालिका–१ चाँदनीचोकस्थित विकाश श्रेष्ठको डेराबाट नगद र सुनका गरगहना गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

त्यस्तै ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित गजेन्द्र प्रधानको घरबाट पनि नगद, सुन र चाँदीका गरगहना गरी करिब १८ लाख ३८ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजीकार्य जारी राखेको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस