आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

बागलुङमा पिकअप जीप दुर्घटना, एकको मृत्यु, चारजना घाइते

२०८२ कार्तिक २२, शनिबार मा प्रकाशित ( ६ दिन अघि) १३९६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बागलुङ –  २२ कार्तिक ।

बागलुङमा भएको पिकअप जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। साथै दुर्घटनामा अन्य चारजना समेत घाइते भएका छन्।

बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा शुक्रबार अपराह्न दुर्घटना भएको थियो।दुर्घटनामा ढोरपाटन( ७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो।

यसका साथै घाइते भएकाहरु मध्ये पनि एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागी स्थानीय र नेपाल प्रहरीको सहयोगमा बुर्तिबाङ अस्पतालमा पठाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस