आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

लमजुङमा बोलेरो जिप दुर्घटना हुंदा दुई जनाको मृत्यु

२०८२ कार्तिक २२, शनिबार मा प्रकाशित ( ६ दिन अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

लमजुङ २२ कार्तिक ।

लमजुङमा बोलेरो जिप दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ।

आज मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट नाइचे तर्फ सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप गएराति दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखा मेलुङ–४ घर भएका गाडी चालक ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको हो। रातको समय,गुडिरहेको गाडी एक्कासी अनियन्त्रित भई करिब ८०० मिटर तल खसेर दुर्घटनाग्रस्थ भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका थिए। प्रहरीले उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि ल्याए पनि उपचारको क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस