आज: २०८२ मंसिर ३, बुधबार | Wed, 19, Nov, 2025

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

२०८२ मंसिर १, सोमबार मा प्रकाशित ( १ दिन अघि) १४२७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं- १ मंसिर ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(३ बस्ने महोत्तरी सम्सी गाउँपालिका(५ घर भएका ४४ वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

साहले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(७ बाट पक्राउ गरेको हो ।

शाहमाथी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस