आज: २०८२ मंसिर ३, बुधबार | Wed, 19, Nov, 2025

फुलको डोली लिएर गएका श्रदालुको मोटरसाईकलको ठक्करबाट मृत्यु

२०८२ मंसिर ३, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -३ मंसिर ।

धादिङको निलकण्ठ नगरपालिका १२ स्थित पशुपति मन्दिरमा फुलको डोली लिएर जाँदै गरेका एक भक्तजनको गएराति मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा निलकण्ठ नगरपालिका १२ स्थित नेवार गाउँ बस्ने ७५ बर्षीया भोजनारायण श्रेष्ठ रहेका छन् ।

बालाचतुर्दर्शीको अघिल्लो दिन आफ्ना दिवंगत पितृका नाममा फुलको डोली लिएर सव परिवारको साथमा निलकण्ठ नगरपालिकास्थित पशुपति मन्दिर तर्फ जाँदै गर्दा गएराति अ.११ः५ बजेको समयमा  धादिङवेशीको टेलिकम कार्यलय नजिकैको ओरालोमा निज भक्तजन श्रेष्ठलाई बा.८६ प.७७ नं.को मोटरसाइकलले ठक्कर दिएको हो ।

उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागी धादिङ अस्पताल लगिएको थियो । दुर्घटनाबाट गम्भीर अवस्थामा रहेका श्रेष्ठ थप उपचारको लागी काठमाडौं तर्फ लैजाने क्रममा बाटैमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस