आज: २०८२ मंसिर ८, सोमबार | Mon, 24, Nov, 2025

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु

२०८२ मंसिर ८, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -८ मंसिर ।

छुट्टाछुट्टै स्थानमा भएको सवारी घटनामा तीनजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका( ३२ कोटेश्वरमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएकोे हो ।

आइतबार दिउँसो कोटेश्वर चोकस्थित सडकमा गुडिरहेको बा ३ ख ७३८७ नम्बरको बसबाट खस्दा सोही बसले किचेर सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गाउँपालिका–४ राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटनामा परी सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ। थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस