
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -९ मंसिर ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम् तलब दिन स्थानीय तहहरूलाई निर्देशन दिनु भएको छ। मंगलबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्।
मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि १२ हजार, विद्यालय सहयोगीको लागि १० हजार र विद्यालय सहायक कर्मचारीको लागि १५ हजार तलब संघीय अनुदानबाट पठाई सकिएको बताएका छन्।
बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने हुन्छ। उनको भनाई छ । हालसमम कतिपय स्थानीय तहले केही रकम थप गरी पारिश्रमिक अनुसार तलब खुवाएको जानकारी मन्त्रालयलाई आएको उनको भनाइ छ ।
साथैै अहिलेको परिस्थितिमा न्यूनतम् तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नु होला, यस विषयमा स्थानीय सरकारलाई सचेत गराउन ट्रेड युनियनले बोल्न अनुरोध समेत गरे ।








प्रतिक्रिया दिनुहोस