आज: २०८३ कार्तिक ३०, आईतबार | Sun, 15, Nov, 2026

आज सुनको भाउमा निकै गिरावट

२०८३ कार्तिक ३०, आईतबार मा प्रकाशित ( ७ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -२९ कार्तिक ।

नेपाली बजारमा आज सुन र चाँदीको भाउमा निकै गिरावट आएको छ। पछिल्लो समय घटेको मुल्य अनुसार आज सुन प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

यससंगै आज एकै दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो। तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातर गिरावट आइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यसअघि सुनको प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेकोमा आइतबार मूल्य घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑