आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

हिंसा विरुद्ध अभियानकै पहिलो दिन रौतहटमा बुहारीको बीभत्स हत्या

२०८२ मंसिर ९, मंगलबार मा प्रकाशित ( ३ महिना अघि) ३७२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रौतहट -९ मंसिर ।

यता सडकमा लैङ्गिक हिंसा विरुद्धको अभियान स्वरुप जनचेतनामुलक कार्यक्रम सुरु भएकै पहिलो दिन आज रौतहटमा एक २२ वर्षीय महिलाको बीभत्स हत्या भएको छ ।

अधिकार, बिबेकपुर्ण न्याय, समानता र सुरक्षित जीवन रक्षाका लागि भन्दै यता चेतना मुलक अभियानकै पहिलो दिनमा घरपरिवारका सदस्यबाट बृन्दाबन नगरपालिका–९ भुसाहा निवासी २२ वर्षीया बुहारी तरिमा खातुनको बीभत्स तरिका बाट हत्या भएको हो।

यस्तो खबर आईरहँदा आजैबाट नेपाली समाजमा सुरु भएको जनचेतनामुलक हिंसा विरुद्धको अभियानको मुख्य सार्थक चैं के भन्ने प्रश्न उठेको छ । घरपरिवारकै सदस्यबाट बुहारी खातुनको हत्या गरी ससुरा शेष अलि महम्मद सहित घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । उनको श्रीमान बैदेशिक रोजगारीमा साउदी अरबमा रहेका छन्।

साउदी अरबमा रहेका छोरा शेष आदिलको श्रीमती तरिमा खातुनको सम्बन्ध भतिजा शेष गुडु सँग रहेको भन्दै घरपरिवारकै सदस्यहरुको कुटपिटबाट उनको मृत्यु भएको वडाअध्यक्ष पर्बेज आलमले बताएका छन्।

मृतक खातुनको टाउको पछाडि धारिलो हतियार प्रयोग भएको र दाहिने खुट्टाको पिँडौलामा पनि नीलडाम भेटिएको प्रहरीले जनाएको छ । हत्या गरेपछि उनको शव घरकै भुस राख्ने गोठमा गाडिएको अवस्थामा प्रहरीले निकालेको थियो।

खातुनका श्रीमान गत कार्तिक १८ मा बैदेशिक रोजगारीका लागि साउदी अरब गएको र सोही दिन गुजरा नगरपालिका–७ पल्टुवामा रहेको आफनो माईतीघरमा भतिजा शेष गुडुलाई बोलाएर सँगै बसेको अबस्थामा छिमेकीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएका थिए ।

ससुरा शेष अलि महम्मदले प्रहरी कार्यालयबाट दुबैलाई बुझेर घर ल्याएको २० दिन पछि उनको हत्या गरिएको हो। तरिमा खातुनको डेढ वर्षको छोरा मोहमद आरिफ रहेका छन् ।

बुहारी खातुनको हत्यापछी घरका सबै सदस्य फरार रहेका र उनको डेढ वर्षको छोरालाई लुकाइएको बताइएको । घटनामा संलग्न भएका व्यक्तिमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविन कार्कीले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस