आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

आजदेखि १०० रुपैयाँ दरको नयाँ नोट आजदेखी बजारमा

२०८२ मंसिर १२, शुक्रबार मा प्रकाशित ( ५ महिना अघि) २६९८ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१२ मंसिर ।

नेपाल राष्ट्र बैंकले १०० दरको नयाँ नोट बजारमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गरी नयाँ विशेषता भएको नोट चलन चल्तीमा ल्याउन लागेको हो ।

साबिककै आकारमा निकालिएको नयाँ नोट फरक रङमा आउन लागेको हो । यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ।

यस नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र राखिएको छ।

यसका साथै यसलाई दृष्टिविहीनले छामेर नोटको पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको छ। त्यस्तै, बायाँतर्फ अण्डाकार भित्र ‘सिल्भर मेटालिक’मा मायादेवीको चित्र छ।

सुरक्षाको लागि नोटमा २ मिमि चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ। यसैगरी यस नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। तल्लो भागको किनारमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस