आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

शैक्षिक भ्रमणका विद्यार्थी सवार जिप सल्यानमा दुर्घटना हुंदा १० जना घाइते

२०८२ मंसिर १३, शनिबार मा प्रकाशित ( १ महिना अघि) २०१६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सल्यान -१३ मंसिर ।

शैक्षिक भ्रमणमा गएका विद्यार्थी सवार जिप सल्यानमा दुर्घटना हुँदा १० घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ ।

बनगाड कुपिण्डे नगरपालिका(८ को सडक खण्डमा रा १ ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो करिब १ बजेतिर दुर्घटना भएको थियो। बनगाड कुपिण्डे–१२ स्थित श्री गोब्राही प्राथमिक विद्यालय बिरमखोलाका विद्यार्थी तथा शिक्षकहरू शैक्षिक भ्रमणका लागि सवार उक्त जिप सल्यानमा दुर्घटनामा परेको हो ।

आगानेटाबाट कुपिण्डेतर्फ जाँदै गरेको जिप आफैं अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिपमा सवार २० जनामध्ये १० जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भैइरहेको छ।

घाइते मध्ये ३८ वर्षीय टोपेन्द्र केसीको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था मध्यम तथा सामान्य रहेको छ। दुर्घटना लगत्तै फरार भएका जिप चालक सल्यान कालिमाटी गाउँपालिका–३ का २९ वर्षीय प्रकाश घर्तीलाई प्रहरीले शुक्रबार दिउँसो नै नियन्त्रणमा लिएको छ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक अब्दुल कलाम खाँको नेतृत्वमा प्रहरी टोली खटिएर उद्धार गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस