आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

२०८२ मंसिर १५, सोमबार मा प्रकाशित ( ३ महिना अघि) ३५६६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं- १५ मंसिर।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचन पक्राउ परेका छन्। नेपाल प्रहरीको सीआईबीले शेरचनलाई आइतबार पक्राउ गरेको हो।

बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन केही दिनअघि पक्राउ परेका थिए भने हाल उनीमाथी कर्जा अपचलन गरेको कसुरमा अनुसन्धान चलिरहेको अवस्थामा सिईओ शेरचनलाई समेत नियन्त्रणमा लिइएर थप अनुसन्धान गर्न लागिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले गत कार्तिक २२ मा बिजुलीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा छापा मारी बैंकको आन्तरिक सबै महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको थियो।

सिआबीको प्रारम्भिक छानबिनमा कर्जा स्वीकृति प्रक्रियामा तत्कालीन अध्यक्ष भट्टचनसहित उच्च व्यवस्थापन तहबाट अनियमितता भएको भन्ने आशंकामा उनीहरुमाथी अनुसन्धनको कार्यलाई थप विस्तार गरिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस