आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

२०८२ मंसिर १६, मंगलबार मा प्रकाशित ( १ महिना अघि) २४८१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१६ मंसिर ।

नेपाल प्रहरीले भदौ २३ र २४ को जेनजी आन्दोलनको मौका छोपेर लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले गत भदौमा भएको जेनजी युवा पुस्ताहरुले गरेका प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी शोमबार सार्वजनिक गरेको हो।

सो प्रकरणमा पक्राउ पर्नेमा काठमाडौँ कलङ्की बस्ने २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ बाफल घर भएका ३१ वर्षीय विराट प्रसाद जोशी रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आन्दोलनका क्रममा प्रहरीका हात हतियार लुटपाट गरी लुकाइ राखेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ परेका हुन्।

पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ। पक्राउ रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए।

े पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस