
नारी वाटिका संवाददाता
काठमाडौँ -१६ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजका ब्याट्सम्यान कुशल मल्लले प्रहार गरेको बल लागेर एक चियर लिडर घाइते भएकी छिन्।
जनकपुर बोल्ट्स विरुद्धको मल्लले हानेका खेलमा प्रहारको क्रममा छक्का सिधै चियर लिडरको नाकमा गएर लागेको हो। बलको ठक्करबाट उनको नाकबाट रगत बग्न थालेपछि तत्कालै उपचारका लागि अस्पताल पुर्याएको थियो। घाइते चियर लिडरको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
एनपीएलमा हरेक चौका–छक्कामा चियर लिडरहरूले मैदानमै बसेर प्रदर्शन गर्ने गर्छन् । सोही क्रममा उनको नाकमा बल ठोक्किन जाँदा चियर लिडर घाईते भएकी हुन् ।












प्रतिक्रिया दिनुहोस