आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, कसैको धम्कीले डारउँदैनौं ,प्रधानमन्त्री

२०८२ मंसिर २३, मंगलबार मा प्रकाशित ( १ महिना अघि) १८९२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारीवाटिका संवाददाता
धादिङ – २२ मंसिर ।

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको पनि कठोर कदम चाल्न सरकार तयार रहेको बताउनु भएको छ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

उहाँले “भन्नु भयो: सरकार सुशासनको अभियानमा कसैको धम्कीसँग नडराउने समेत स्पष्ट पार्नु भएको छ । ‘जेनजीका माग र अपेक्षा अनुसार उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध सरकार जुनसुकै हदसम्मको पनि कठोर कदम चाल्न पछि नहट्ने बताउनु भएको हो ।

यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्।’ प्रधानमन्त्री, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’

त्यस्तै भ्रष्टाचारविरुद्धमा कठोर भएर काम गर्न सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी काम गर्न उहाँले आग्रह गर्नु भयो।

प्रम कार्कीले यो सरकार चुनाव गर्न मात्र नभएर सुशासनको माग राखेर जेनजी आन्दोलनको जगमा बनेको पनि स्मरण गर्नु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस